काठमाडौँ । नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले ३ हजार कर्मचारी राखेर चार वटा जहाज उडान भर्ने निगम आवश्यक नभएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।
उनले थला पर्न लागेको नेपाल वायुसेवा निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरे।
उनले नेपाल वायुसेवा निगमको हालत हिमाल सिमेन्ट कारखानाको जस्तो अवस्थामा पुग्न लागेको बताए। उनले यदि ग्राउण्ड ह्याण्डिलिङ उड्डयन प्राधिकरणले अन्य कम्पनीलाई दिए वायुसेवा निगम थला पर्ने उल्लेख गरे।
वायुसेवा निगमका कर्मचारीले तलब खाने मुख्य स्रोत नै ग्राउण्ड ह्याण्डिलिङ भएको भन्दै हवाई उडानबाट नाफा नभएको उनको भनाइ थियो । उनले निगमलाई कति कर्मचारी आवश्यकता हो भन्ने विषयमा मूल्याङ्कन गर्न आवश्यक रहेको बताए।