काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका आसिफ शेख २ बलमा शून्य रनमा आउट भए । आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।
टाकाशिंगा स्पोट्र्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेको हो । समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ । नेपाल पराजित भए बाहिरिनेछ ।
आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सी सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ ।