१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कविता महोत्सवमा पुरस्कृत सर्वोत्कृष्ट १० कवि घोषित

अ+ अ-

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वोत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषित भएको छ ।

प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुनरछोरी, ‘रक्तिम कथा’ शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो ?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी र ‘नौरानको नाम’ शीर्षकका प्रकाश दिप्साली राई र ‘परिचयपत्र’ शीर्षकका कवि राधिका कल्पित पुरस्कृत हुने भएको छ ।

यस्तै मातृभाषा डोटेलीमा खिमानन्द जोशी (मुई गोठ नाइँ भान्या हुँ), पूर्णानन्द ओझा (सन्निको मान्सा) खाम मगर भाषामा टङ्कबहादुर झाँक्री मगर (वैरागी समीप)को(रहुन्के वे बड्डा)का कवितालाई उत्कृष्ट घोषित गरिएको छ । प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही रु १५ हजार राशिको पुरस्कार दिइनेछ । कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्याङ्कन गरेको प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले जानकारी दिए ।

महोत्सवमा यस वर्षदेखि मातृभाषाका कवितालाई पनि प्रतियोगितामा सहभागी गराइएको थियो । प्रतिष्ठाले हरेक असार ९ गते गर्दै आएको सो महोत्सवमा परम्परागतरुपमा नेपाली भाषाका कविताका अतिरिक्त यस पटकदेखि समावेशी सहभागिताका लागि पहिलो पटक बहुभाषिक कविता आह्वान गरिएपछि मातृभाषाका कवितासमेत प्राप्त भई प्रतियोगिताका लागि आएकामध्ये मूल्याङ्कन समितिबाट वाचनका लागि २५ कविता छनोट भएका थिए । ती कवितामध्ये मातृभाषामा लिम्बू, डोटेली, खाममगर, नेपालभाषा, चाम्लिङ र थामी भाषाका सात र नेपाली भाषामा १८ कविता छानिएका छन् । मातृभाषामा प्रस्तुत कवितालाई अनुवादको प्रबन्ध गरिएको थियो ।

महोत्सवका लागि इमेल र प्रत्यक्ष गरी छ सय ४४ वटा कविता दर्ता भएका थिए । महोत्सवको उद्घाटन आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । कार्यक्रममा प्रज्ञा सेवा पदक शेषराज देवकोटा र सन पुजारी तथा उत्कृष्ट कर्मचारी पुरस्कार नरेन्द्रबहादुर पछिमा थारू, रामबहादुर पहरी र जमुना कुचीकारलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस