१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रमेश लेखकको प्रश्न : विकास गर्छु भनेर मत मागेको सांसदले संसदमा कानून मात्र बनाउने ?

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेटलाई लिएर देखिएको असन्तुष्टि गलत नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा प्रमुख सचेतक लेखकले बजेट पछ्यौरा जस्तो भएको भन्दै टाउकोमा ओडे खुट्टामा नपुग्ने, खुट्टामा पुगे टाउकोमा नपुग्ने अवस्था रहेको बताए ।

उनले भने ‘ बजेट आलोचनाको विषय बनेको छ, जाडोको समयमा एउटा पछ्यौरा टाउकोमा ओडे, खुट्टामा नपुग्ने, खुट्टामा पुगे टाउकोमा नपुग्ने हुन्छ त्यस्तो अवस्था छ । त्यसो हुँदा राजस्वको स्थिति र आवश्यकताको बीचमा जुन तालमेल छैन । त्यसले एउटा असन्तुष्टि आएको छ । ’

प्रमुख सचेतक लेखकले संसद कानून निमार्ण गर्ने होकि विकास गर्ने भन्ने विषयमा पनि आलोचना भएको चर्चा गर्दै मत माग्दा विकास गर्छु भनेर माग्ने सदनमा आउँदा कानून बनाउने यो विषयमा पनि ध्यान दिनु पर्ने अवस्था आएको बताए ।
उनले भने ‘ बजेटको सन्दर्भमा सदनको भूमिका निर्धारण गर्न जरुरी छ । यो अवधारणाका साथ अगाडि बढ्न जरुरी छ, बजेट सदनमा प्रस्तुत भएपछि त्यसमा सदनको भूमिका खोज्छ आफ्नो भूमिका निर्धारण गर्छ । यसलाई परिमार्जन गरेर अन्तिम रूप दिन्छ र दिनुपर्छ भन्ने मान्यताका साथ अगाडि बढ्नु पर्छ । ’

प्रमुख सचेतक लेखकले बजेटमा सदनमा कुनै पनि संशोधन हुन सक्दैन भन्ने मान्यतालाई अब परिवर्तन गरेर बजेट माथि पनि छलफल गरेर सदनले आफ्नो भूमिका निर्वाह गर्छ भन्ने मान्यता स्थापित गर्नुपर्ने बताए ।

उनले भने ‘ बजेटलाई परिमार्जन गरेर अगाडि जान सक्छ भन्ने मान्यता राखिनु पर्छ, हामीले अर्को बजेट आउनुभन्दा पहिला नै आगामी दिनमा प्रतिनिधि सभामा संशोधन गरौं । संशोधन गरेर अहिलेको बजेटका सम्बन्धमा जुन व्यवस्था छ । त्यो व्यवस्थालाई परिमार्जन गरेर बजेटमा पनि संसदको भूमिका खोज्ने र त्यही अनुसार बजेट परिवर्तन गरेर लान सकिन्छ । ’

सांसद लेखकले आलोचना भएपनि बजेट पारित गर्नुपर्ने उल्लेख गर्दै त्यसलाई असफल पारिए राज्य र दैनिक कार्य अगाडि बढ्न नसक्ने बताए ।

बजेटको परिमार्जनको विषयमा सदनको भूमिकालाई निर्धारण गर्ने गरी अगाडि बढ्नु पने बताउँदै उनले यो बजेटलाई पारित गरेर जाने विषयमा नै कांग्रेस स्पष्ट रहेको प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस