काठमाडौँ । दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरू आन्दोलनमा उत्रिएका छन् ।
कोरिया गएर आएकाहरूले आवश्यक प्रक्रिया पूरा गरेपनि कोरिया जान नपाएको भन्दै इपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् ।
आइतबार ललितपुरको ग्वार्कोमा रहेको इपीएस कार्यालय घेराउ गर्दै कोरिया पठाउने इपीएस कार्यालयले हजारौंको संख्यामा रहेको युवाहरूको विषयसँग खेलवाड गरिरहेको आरोप लगाए ।
प्रक्रिया पूरा गरेर कोरिया जाने तयारीमा रहेका करिव १ हजारको संख्याका कामदारहरूले इपीएस कार्यालय घेराबन्दी गर्दै सम्झौता पत्र बनाइदिनु पर्ने माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएकाहरूले भने, ‘आफूहरू कुनै पनि नकारात्मक कार्यहरू गर्न नआएको तर कार्यालयले आफुहरुरुसँग सम्झौता पत्र बनाउनु ढिलाइ गर्न हुँदैन । ’ आफूहरू कोरिया गएर आएको र फेरि पास गरेर जाने क्रममा आफूहरूको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधमा उत्रिएका छन् ।