९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनताले एमाले र काँग्रेसको सरकार चाहेका छन् : रघुजी पन्त

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन् । 

आइतबार संसदबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै पन्तले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले जनताको चाहना एमाले र नेपाली काँग्रेसको सरकार रहेको दाबी गरे । 

‘यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन । उहाँहरूको अन्तरविरोधबाटै सरकार ढल्छ । अहिलेको सरकारको जुन खालको पर्फमेन्स छ, परराष्ट्रमामिलादेखि घरेलुमा र जनतालाई सुविधा दिने कुरामा यो सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ । एमालेले सरकार बनाउन हतारिनु हुँदैन, मौका आए छोड्नु हुँदैन, ’उनले भने  ।

सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको पनि बताए । उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको पनि बताए । 

‘अहिलेसम्मको प्रचलित कुरा के हो भने नीति कार्यक्रम फेल भयो भने र बजेट फेल भयो भने सरकार फेल हुन्छ भन्ने मान्यता छ, त्यो मान्यतालाई फेर्ने प्रयत्न गरेको, सरसल्लाह गरेको जस्तो त लाग्दैन । बजेटमा परिवर्तन पनि हुँदैन । बजेट पास गरिसकेपछि परिवर्तन गर्नुहोला त्यो उहाँहरूको कुरा भयो । तर सामान्यतया संसद्बाट पारित गरेको बजेट हेरफेर गर्न नमिल्ने हो, ’पन्त भन्छन् ।

प्रतिक्रिया दिनुहोस