५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिमेकीबाट डराउने होइन, फाइदा लिन सक्नुपर्छ : पूर्वपरराष्ट्र सचिव आचार्य

अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले नेपालको विदेश नीतिमा सबैभन्दा बढी प्राथमिकता दुई छिमेकी मुलुक (भारत र चीन) हुनुपर्ने बताएका छन् ।

‘प्रोफेसर यदुनाथ खनाल लेक्चर सिरिज’ को दोस्रो शृङ्खला अन्तर्गत ‘नेपालको राष्ट्रिय हितको सुरक्षा: परिवर्तनशील अन्तर्राष्ट्रिय वातावरणमा विदेश नीति विकल्प’ बारे आफ्नो प्रस्तुति दिँदै पूर्वराजदूत समेत रहेका आचार्यले भने,‘नेपालको एउटा छिमेकी (भारत) छिटो दौडिएको हात्तीको जस्तो अवस्थामा छ भने अर्को छिमेकी (चीन) उडिरहेको ड्र्यागन हो ।’

उनले नेपाल भने कछुवाको गतिमा बिस्तारै अघि बढिरहेको टिप्पणी गरे । आचार्यले नेपालले समयमै ‘ट्रान्जिट इकोनोमी’ को मौकालाई सदुपयोग गर्नुपर्ने बताएका थिए । ‘हामीले भारत र चीनले सहकार्य गर्दा होस् या प्रतिस्पर्धा गर्दा फाइदा लिन सक्नुपर्छ,’ उनले भने ।

आचार्यले चीन अब क्षेत्रीय मात्र नभएर विश्वकै शक्ति भएको पनि बताएका थिए । ‘हामी छिमेकीबाट डराउने होइन, हाम्रो फाइदाको लागि के हुन्छ हेर्नुपर्छ । सबै टेबुलमा आएको स्वीकार गर्नुपर्छ भन्ने होइन,’ उनले भनेका छन् ।

यस्तै नेपाल एकका विरुद्ध अर्को शक्तिबाट प्रयोग हुन नहुने उनको सुझाव थियो । साथै, नेपालले आर्थिक प्रस्तावलाई मात्र स्वीकार गर्नुपर्ने उनले सुझाव दिए । उनले नेपालमा नेताहरुले राष्ट्रिय हितभन्दा पनि माथि उठेर सामाजिक सञ्जाल, पार्टीको लाइन र अन्य कारणले पक्ष लिने गरेको आरोप लगाए । ‘हाम्रा नेताहरुले कुनै समयमा त विदेशी हस्तक्षेप नै आन्तरिक राजनीतिमा निम्त्याउँछन्,’ उनले भने,‘विदेश नीतिका विषयमा हामीले गल्ती गर्न हुँदैन । यसले मुलुकलाई ठूलो क्षति पुर्‍याउँछ ।’

प्रतिक्रिया दिनुहोस