८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एडिबीद्वारा दक्षिणपूर्वी बङ्गलादेश रेल परियोजनाका लागि ४० करोड अमेरिकी डलर सहयोग

अ+ अ-

ढाका । एशियाली विकास बैंक (एडिबी) र बङ्गलादेश सरकारले बङ्गलादेशको राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बन्दरगाह शहर चट्टोग्रामजोड्ने दोहोरो रेलमार्ग निर्माणका लागि आइतबार ४० करोड अमेरिकी डलरमा ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बङ्गलादेशको आर्थिक सम्बन्ध महाशाखाका सचिव सरिफा खान र बङ्गलादेशका लागि एडिबीका उपदेशीय निर्देशक जियाङ्बो निङले ढाकामा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यो ऋणले ढाकाबाट करिब ४०० किलोमिटर दक्षिणपूर्वमा रहेको विश्वको सबैभन्दा लामो अटुट बलौटे समुद्र तटमध्ये एक चट्टोग्राम र कक्स बजारबीचको १०२ किलोमिटर लामो नयाँ रेलमार्गको निर्माण पूरा गर्न मद्दत गर्नेछ ।

यो सहयोग दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग चट्टोग्राम–कक्स बजार रेलवे परियोजनाका लागि एडीबीको १.५ अर्ब डलरको ऋणको तेस्रो भाग हो ।

‘एडीबीले सरकारलाई सडकबाट रेलमा स्थानान्तरण गर्न सहयोग गरिरहेको छ, जुन जलवायु अनुकूल, सुरक्षित, किफायती र यातायातको कुशल माध्यम हो,’ निङले भने।

‘यो परियोजना एक प्राथमिकता प्राप्त लगानी हो र यसले लगानी, व्यापार र पर्यटनलाई बढावा दिएर कक्स बजार क्षेत्रका सेवा नपुगेका क्षेत्रहरू खोल्नेछ,’ एडिबीका उपदेशीय निर्देशकले भने ।

सन् २०२३ मा खुल्ने अपेक्षा गरिएको नयाँ रेल लिंकले सन् २०२४ सम्ममा चट्टोग्राम र कक्स बजारबीच वार्षिक २९ लाख यात्रु ओसारपसार गर्ने लक्ष्य राखेको छ । यस रेलमार्गको निर्माण एडीबीको आठौँ पञ्चवर्षीय योजना र रेलवेको प्रमुख योजना अन्तर्गत आफ्नो लक्ष्य पूरा गर्न मद्दत गर्ने धेरै रेलवे परियोजनाहरू मध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस