९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वालिङ नगरपालिकाद्धारा २ हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो

अ+ अ-

काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो ।

पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आफैँले खोप खरिद गरेर सम्भावित जोखिमका क्षेत्रमा रहेका पशुलाई निःशुल्क खोप लगाएको पशु सेवा शाखा कार्यालयका प्रमुख लेखनाथ अर्यालले बताउनुभयो ।

नगरपालिकामा एकसय ५० भन्दा बढी पशुमा यो रोग देखा परेको छ । “गाई भैँसीमा लम्पी स्किन रोगको लक्षण पुष्टि भएपछि अन्य पशुमा सर्न नदिन पहिलो चरणमा व्यावसायिक फर्म तथा अन्य ठाउँका पशुलाई दुई हजार खोप खरिद गरी लगाएका हौँ” उनले भने, “जहाँ जहाँ सङ्क्रमित पशुको सङ्ख्या धेरै छ ती ठाउँमा निःशुल्क खोप लगाएका छौँ, सङ्क्रमणको अवस्था हेरेर खोप अभियान चलाउने नचलाउने निर्णय गछौँ।”

व्यावसायिक फर्म तथा घर–घरमा पालिएका सङ्क्रमित नभइसकेका पशुमा निरन्तर खोप लगाइएको छ । नगरभित्र हाल १२ हजार ९९ गाई भैँसी र गोरु छन् । फागुनको अन्तिम सातादेखि देखिएको यो सङ्क्रमणबाट सुरुकै अवस्थामा १० वटा पशु मरेका थिए ।

नगरपालिकाले यो रोग रोकथाम तथा नियन्त्रण गर्न स्थानीय रेडियो तथा पत्रपत्रिकाका साथै सामाजिक सञ्जाल प्रयोग गरी जनचेतनामूलक सन्देश प्रसारण तथा प्रकाशन गरेको छ ।“यो रोग एक प्रकारको पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई भैँसीमा लाग्ने रोग हो” प्रमुख अर्यालले भने, “यो रोग भैँसीभन्दा पनि बढी गाई गोरुमा लाग्ने गर्दछ ।”

लम्पी स्किन रोग लागेका पशुले कचेरा निकाल्ने, सिगान बग्ने तथा फिँज निकाल्ने, शरीरका विभिन्न भाग विशेष गरी घाँटी, पछाडिको खुट्टा, पेट, कल्चौँडामा गिर्खा देखिन्छ । पशुमा एक सय चार फरेनहाइट भन्दामाथि उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, गर्भ तुहिने तथा बाँझोपना हुने लक्षण लम्पीस्किनका हुन् ।

“यो रोग लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पनि एकबाट अर्कोमा सर्न सक्छ” उनले भने, “सङ्क्रमित गाई भैँसीको ओसारपसार, लसपस तथा सङ्क्रमित गाई भैँसी र स्वस्थ गाई भैँसीलाई उपचारको क्रममा एउटै सुई प्रयोगबाट पनि सर्न सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्छ ।”

यो रोगको ठोस् उपचार नभएकाले खोपलाई नै विकल्पकोरुपमा प्रयोग गर्नुपर्ने प्रमुख अर्यालले  बताए । बिरामी पशुलाई अरु पशुबाट अलग्गै राख्ने, गोठ र मलखादबीचको दूरी बढाउनुपर्ने, भुसुना, किर्ना, डाँक, लामखुट्टेलगायत परजीवी नियन्त्रण गर्नुपर्ने, गोठ वरिपरिको  सरसफाइमा ध्यान दिनुपर्ने, काँचो छाला तथा सङ्क्रमित पशुको ओसारपसारमा रोक लगाउनुपर्नेमा उनले जानकारी गराए । पशु सङ्क्रमित हुने दर बढेपनि यसको मृत्युदर भने पछिल्लो समय घट्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस