१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज नेपाल र पाकिस्तान भिड्दै

अ+ अ-

काठमाडौँ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले पाकिस्तानसँग खेल्दै छ ।

भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा अपराह्न ३:४५ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

लगातार दुई खेलमा हार भोग्दै समूह चरणबाट बाहिरिसकेको नेपाल र पाकिस्तान दुवैका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले हार्दै नेपाल समूह चरणबाट बाहिरिएको हो। पाकिस्तान भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० ले हारेको थियो।

अघिल्लो सिजन साफको फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो। नेपाल रहेको समूह ए बाट भारत र कुवेत अन्तिम चारमा प्रवेश गरेका छन्।

आजै हुने अर्को खेलमा समूह विजेताका लागि भारत र कुवेत भिड्नेछन्। साफमा यसपटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन्। आफ्नो स्तरवृद्धिका लागि साफले दक्षिण एसिया बाहिरका दुई टोलीलाई आमन्त्रण गरेको हो।

प्रतिक्रिया दिनुहोस