८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पौवादुङमा ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’

अ+ अ-

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले पहिलो पटक ‘नवजात शिशु भविष्य सुरक्षा कार्यक्रम’ लागू गरेको छ । आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा बालबालिकाको भविष्य सुनिश्चितताको लागि यो कार्यक्रम लागू गर्न लागेको हो ।

यो कार्यक्रमअन्तर्गत यहाँभित्र जन्म र सिफारिस भएका बालबालिकाको भविष्य सुरक्षाका लागि प्रत्येक महिना रु पाँच सयका दरले पाँच वर्षसम्म गाउँपालिकाले भत्ता वितरण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । बालबालिकाको पालनपोषण तथा भविष्य सुरक्षाका लागि यो कार्यक्रमको थालनी गरिएको भट्टराईको भनाइ छ ।

‘बालबालिकाको भविष्य सुरक्षाका लागि यो कार्यक्रम सञ्चालनमा ल्याएका छौँ’, उनले भने,’पाँच वर्षसम्म बैंकिङ प्रणालीमार्फत प्रोत्साहन रकम दिन्छौँ । नवजात शिशु विद्यालय जाने उमेरसम्म खातामा जम्मा भएको रकमले पठनपाठनसँगै भविष्य सुरक्षामा टेवा पुग्छ भन्ने हाम्रो उद्देश्य हो ।’

बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको भविष्यका लागि लगानी गर्न सके त्यसबाट दक्ष जनशक्ति उत्पादन गर्न सकिने गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

बालबालिकालाई गर्भमा रहेदेखि उसको उज्ज्वल भविष्यको लागि प्रोत्साहनको कार्यक्रम सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

राज्यले ज्येष्ठ, एकल महिला, असक्त, असहाय नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिए पनि नवजात शिशुका लागि भने पौवादुङमा गाउँपालिकाले पहिलो पटक प्रोत्साहनको कार्यक्रम सुरु गरेको अध्यक्ष राईले बताए । “गरिबी तथा अर्थ भावका कारण अब आउने बालबालिका स्वास्थ्य र शिक्षाबाट वञ्चित नहुन् भन्ने हाम्रो मुख्य लक्ष्य छ’, उनले भने, ‘गाउँपालिकाले प्रदान गर्ने रकमले उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्छ । पाँच वर्षसम्म जम्मा भएको रकमलाई मुद्धति खातामा राखेर उनीहरूको उज्ज्वल भविष्य निर्माणमा लगानी हुनेछ ।’

गाउँपालिकाले विगतका वर्षबाट नै स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाले ‘बर्थिङ सेन्टर’बाट सिफारिस गरिएका गर्भवती, सुत्केरी नवजात शिशुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने जनाएको छ । महिला तथा नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राख्दै विगतका दिनको रातो भाले कार्यक्रमलाई निरन्तरता दिँदै ‘आफैँ पाल्दै आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई पोथी वितरण ‘अण्डा कार्यक्रम’ सञ्चालनमा ल्याइएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिए ।

त्यस्तै गर्भवती अवस्थामा आठ पटक स्वास्थ्य संस्थामा र सुत्केरी अवस्थामा चार पटक घरमै स्वास्थ्य जाँच गराउने व्यवस्था मिलाइने उनले जानकारी दिए । ‘प्रोत्साहनको कार्यक्रमसँगै महिला स्वास्थ्यमा विशेष ध्यान दिएका छौँ’, उपाध्यक्ष राईले भने, ‘भावी सन्ततिको स्वास्थ्य जीवनका लागि गर्भवतीलाई पोषण कार्यक्रमसँगै स्वास्थ्य परीक्षणमा जोड दिएका छौँ ।’ गाउँपालिकाभित्र रहेका पाँच बर्थिङ सेन्टरलाई थप व्यवस्थित गर्दै नर्सिङ कर्मचारीलाई रात्रिकालीन भत्ताको व्यवस्था गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस