६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्लाफाँटा नगरपालिकाद्धारा कञ्चनपुरमा डुबान पर्ने जोखिमयुक्त क्षेत्र पहिचान

अ+ अ-

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले बाढीले प्रभाव पार्न सक्ने जोखिमयुक्त क्षेत्रको पहिचान गरी विस्तृत परियोजना तयार गरेको छ । बाढीले डुबान पार्ने क्षेत्रको पहिचानको कार्यसँगै पानी निकासका लागि परियोजना तयार गरिएको हो ।

नगरपालिकाका १२ वटै वडा भएर बग्ने स्याली, सुनवरा, वनहरा नदी र अन्य खोलासहित एक सय ३० किलोमिटर क्षेत्रको सर्भेको कार्य गरी जोखिमयुक्त क्षेत्र पहिचानको कार्य गरिएको नगरपालिकाको पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीले बताए ।

‘नदी क्षेत्रको ३६ किलोमिटर दुवै किनारा गरी ७२ किलोमिटर क्षेत्र अति जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएका छौँ”, उनले भने, ‘अति प्रभावित क्षेत्रमा नदी नियन्त्रणका लागि भरपर्दो तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ, नदी नियन्त्रणका लागि तटबन्धलगायतका संरचना निर्माणका लागि दीर्घकालीन योजना लागू गर्नुपर्छ ।’

उनका अनुसार नदी नियन्त्रण संरचना निर्माणका लागि रु एक करोड ८८ लाख २७ हजार एक सय ५७ प्रतिकिलोमिटर लागत लाग्ने अनुमान गरिएको छ । नगरपालिकाका १२ वटै वडामा बाढी र वर्षात्को पानीको सुरक्षित निकासको भरपर्दो व्यवस्था हालसम्म हुन सकेको छैन । परियोजनाअन्तर्गत डुबान पर्ने ५२ क्षेत्रको सर्भेको कार्य गरिएको छ ।

डुबान पर्ने क्षेत्रको पानी सुरक्षित तरिकाले निकास गर्नका लागि नजिकको खोलासँग नाला निर्माण गरी जोड्न सकिने योजना अघि सारिएको छ । जसको लागत अनुमान रु नौ करोड ७२ लाख एक हजार तीन सय ४७ रहेको छ ।

‘नदीको जोखिमबाट नगरवासीलाई जोगाउनका लागि र खेतीयोग्य, आवास, सार्वजनिक क्षेत्रको जग्गा क्षय हुने डुबान हुने कार्य रोक्नका लागि विस्तृत परियोजना तयार गरेका छौँ’, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले भने, ‘परियोजना कार्यान्वयनका लागि कार्य अगाडि बढाउँछौँ ।’

उनका अनुसार नगरपालिकाले बहु वर्षे नगर गौरवका योजनाअन्तर्गत नगर चक्रपथ, नगरस्तरीय कभर्डहल र लक्ष्मीपुर खानेपानी आयोजना निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाएको छ । यसैगरी नगर यातायात गुरुयोजना निर्माण गरेको छ । जसअनुसार नगरपालिकाको सडक सञ्जाल तीन सय ३८ दशमलव १५ किलोमिटर रहेको छ । हालसम्म ५१ दशमलव २८ किलोमिटर सडक कालोपत्र, ४८ दशमलव ६३ किलोमिटर सडक कच्ची र दुई सय ३८ दशमलव २४ किलोमिटर सडकमा ग्राभेल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस