काठमाडौँ । दाङको घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
शाह एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उपमहानगरपालिकाको १३ औँ नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएको जनाइएको छ ।
