काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी तोकेको छ । रास्वपाले देशभरका जनताको आवाज सांसदसम्म पुर्याउन सांसदहरूलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिएको हो ।
बेथिति, भ्रष्ट्राचार, विकास योजना जस्ता समस्या भएमा सांसदहरूलाई सम्पर्क गर्न सकिने रास्वपाले जनाएको छ ।
अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोनबाहेक आफ्ना सूचना र सन्देशहरू ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।
रास्वपाले डोल प्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर र कैलाली, विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा, सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख र बाजुराको जिम्मेवारी दिइएको छ ।
यस्तै सांसद झापा, मोरङ, इलाम, सल्यानको लागी निशा डाँगी, धनुषा, रौतहट, रुपन्देही, बझाङको लागी मनिष झा, ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुराका लागी गणेश पराजुलीलाई जिम्मेवारी दिइएको छ भने सांसद सोबिता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोटको जिम्मेवारी दिइएको छ ।
संसद सुमना श्रेष्ठलाई रसुवा काठमाडौँ, रुकुम (पूर्व) र रुकुम (पश्चिम), डा. तोसिमा कार्कीलाई ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर, शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही र सप्तरी, हरि ढकाललाई सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुर, डा.स्वर्णिम वाग्लेलाई गोरखा, पर्सा, बैतडी र तनहुँ, डा.चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी, असिम शाहलाई काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तु, लक्ष्मी तिवारीलाई प्युठान, परासी, बर्दिया र बाँके, अशोक कुमार चौधरीलाई धनकुटा, तेह्रथुम, सङ्खुवासभा र सुनसरी, शिव नेपालीलाई लमजुङ, म्याग्दी, पर्वत र कास्की, विनीता कठायतलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत र डोल्पाको जिम्मेवारी दिइएको छ भने स्याङ्जा, बाग्लुङ र मकवानपुरको जिम्मेवारी विन्दवासिनी काँसकारले पाएकी छन् ।