काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बजेट आएको दुई सातापछि बोलाइएको लुम्बिनी प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रम पुनः ५ दिन पछाडि सरेको छ ।
बुधबार दिउँसो ३ बजे आव्हान गरेको बैठक १ घण्टापछि सुरु भएपनि एमालेले बजेट सच्याउन लिखित माग गर्दै अवरोध गरेपछि आधा घण्टाको लागि स्थगित बैठक पुनः बस्न सकेन ।
बजेटको विषयमा छलफल गर्न आह्वान गरिएको बैठकमा एमालेले विरोध जनाएपछि सभामुख तुलाराम घर्तीले आधा घण्टा बैठक स्थगित गरेका थिए ।
तर सहमति नजुटेपछि १७ गते दिउँसो १ बजे बैठक बस्ने सूचना जारी गरिएको प्रदेश सभाले जनाएको छ ।
आजको बैठकमा बजेटमाथि छलफल गर्ने कार्यसूची थियो ।
तर, प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको तर्फबाट प्रमुख प्रतिपक्ष दलका नेता लीला गिरीले सदनमा विशेष सम्बोधन गर्दै सरकारले हचुवाको भरमा बजेट ल्याएको भन्दै विरोध जनाएका थिए ।