४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा नर्स कार्यक्रम 

अ+ अ-

काठमाडौँ । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।

महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेटमा सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रम सुरुआत गर्न र समग्र स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।

महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरूबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि १६ करोड ५० लाख विनियोजन गरिएको छ । स्वास्थ्य संस्थामा रोग लाग्नबाट बचाउन निदानात्मक सेवा सञ्चालन भइरहेको र आगामी आव जनसङ्ख्या तथा भूगोलका आधारमा छनोट भएका विभिन्न चार स्वास्थ्य संस्थामा यस्तो सेवा प्रवाह गर्न आवश्यक बजेट विनियोजन गरिएको उनले बताइन् । 

करिब ९८ प्रकारका निःशुल्क औषधि वितरणका लागि महानगरपालिकाले औषधि खरिद तथा आपूर्ति गर्दै आइरहेको र अत्यावश्यक औषधि नियमित आपूर्तिको सुनिश्चितता गर्न पर्याप्त बजेट विनियोजन गरिएको महानगरपालिकाले जनाएको छ ।

महिलाका लागि स्वास्थ्य जोखिम मानिएको प्रजनन स्वास्थ्य, आङ खस्ने समस्या, स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन तथा आमा एवं शिशुका लागि पोषण व्यवस्था गर्न बजेटको व्यवस्था गरिएको उपप्रमुख गुरुङले बताइन् ।

सहरी क्षेत्रमा नसर्ने रोगको प्रकोप दिनानुदिन बढ्दो रहेको यस्तो प्रकोप जोखिम न्यूनीकरण गर्न स्वास्थ्यसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको उनले बताइन् । महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ ।

नेपाल सरकारले तोकेको मापदण्डबमोजिम विभिन्न स्वास्थ्य संस्थासम्बन्धी पूर्वाधार निर्माणलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ । महानगरको एक मात्र शिशु अस्पतालमा विशेषज्ञ सेवा थप गर्न र मिर्गौला रोगको डायलायसिस सेवा आरम्भ गर्न रु एक करोड एवं कोभिड-१९ लगायत सरुवा रोग, महामारी नियन्त्रण, विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आवश्यक बजेट विनियोजन गरिएको जनाइएको छ ।

महानगरपालिकाको समग्र स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न र जनस्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्न सङ्घीय कार्यक्रमसहित कुल रु. ३५ करोड ५६ लाख बजेट प्रस्ताव गरिएको उपप्रमुख गुरुङले बताइन् ।

प्रतिक्रिया दिनुहोस