काठमाडौँ । कोशी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ। बिहीबारको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत मागेका छन्।
उनले मागेको विश्वासको मतबारे भएको छलफलमा विभिन्न दलका नेताहरूले आफ्नो धारणा राखेका छन्।
प्रदेश सभामा रहेका नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन दिने बताएका छन् भने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) विपक्षमा उभिएका छन्।
जनता समाजवादी पार्टी तटस्थ बस्ने भएको छ। जसपाकी एक्ली सांसद निर्मला लिम्बु छलफलमा सहभागी नै भइनन्।
आधा घण्टाका लागि स्थगित भएको बैठक फेरि सुरु हुँदा मुख्यमन्त्री कार्कीले राजीनामा दिन्छन् कि विश्वासको मतमाथि मत विभाजन हुन्छ टुङ्गो छैन।
कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सिट आवश्यक हुन्छ। एमाले र राप्रपाका ४६ जनामात्र सांसद छन्।
विश्वासको मत नपाउने भएपछि कार्कीले राजीनामा दिने सम्भावना पनि छ।