७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लम्पी स्किन’ का कारण म्याग्दीको चीज उद्योग बन्द

अ+ अ-

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा ‘लम्पी स्किन’ बाट एक हजार छ सय ६९ गाईगोरु र भैँसी बिरामी परेपछि यहाँ सञ्चालित चीज उद्योग बन्द गरिएको छ ।

पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकामा यो रोग तीव्र रूपमा फैलिएको छ । गाई भैँसी बिरामी भएकाले यस क्षेत्रमा सञ्चालित हिमालयन चीज उद्योग बन्द गर्नुपरेको स्थानीय टेकबहादुर खड्काले बताए ।

उनका अनुसार गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाइँ प्रभावित भएको छ । गाई बिरामी भएपछि घारमा सञ्चालित चीज उद्योग पनि बन्द भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जिल्लाका ६ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताए ।

गाई, गोरु, बाच्छा र बाच्छीमा देखिएको यो रोग पछिल्लो समय मङ्गला गाउँपालिकामा एक वटा भैँसीमा पनि लम्पी स्कीन भेटिएको उनले जानकारी दिए । केन्द्रको तथ्याङ्कअनुसार, बेनी नगरपालिकामा ८१, मङ्गला गाउँपालिकामा ५०, मालिकामा ४३, धवलागिरीमा एक सय ५४, रघुगङ्गामा चार सय ६१ र अन्नपूर्णमा आठ सय ८० पशुमा लम्की स्किन देखिएको छ ।

लम्पी स्किनबाट बेनीमा नौ, मालिकामा चार, धवलागिरीमा चार, रघुगङ्गामा २९ र अन्नपूर्णमा ७४ पशु मरेका छन् । १३ वटा बाच्छाबाच्छी, ३६ वटा गाई, ७१ वटा गोरु मरेका केन्द्रले जनाएको छ । म्याग्दीमा लम्पी स्किन देखिएकामध्ये ७।१९ प्रतिशत पशु मरेका छन् । विसं २०७९ चैत १३ गते रघुगङ्गा गाउँपालिकामा पहिलो पटक यो रोग देखिएको थियो ।

ज्वरो आउने र शरीरमा फोका देखा पर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ ।

प्रदेश सरकारबाट प्राप्त भएको लम्पी स्किनबाट बिरामी भएका पशुलाई खुवाउने एन्टिबायोटिक औषधि स्थानीय तहहरूलाई उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस