काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा भारतीय नम्बर प्लेटको ट्रकबाट अवैध लागु औषध गाजा बरामद गरेको छ। बरामद गरिएको गाजा सहितको ट्रकको बारेमा बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो।
दुई सय ६२ किलो अवैध लागु औषध गाजा सहित जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरबाट बिहीबार राती बिआर २५ जिए १४५८ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको पत्रकार सम्मेलनमा बारा प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जीतपुर र सिमराबाट खटेको टोलीले जितपुर बजार एरियामा रोकी राखेको उक्त ट्रकबाट नियन्त्रणमा लिएको हो।
हेटौँडाबाट विरगञ्ज जाँदै गरेको भारतीय नम्बरको ट्रकमा लागु औषध गाजा तस्करी गरी भारत तर्फ लैजान लागेको सूचनाको आधारमा गाडीहरूलाई चेकजाँच गर्दा गाडी सहित गाजा बरामद गरिएको प्रहरीको भनाई छ ।