७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमेयर यादवविरुद्ध किर्ते नागरिकताको आरोपमा मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्र कुमार यादवविरुद्ध नागरिकता सम्बन्धी कसुरमा आइतबार अदालतमा मुद्दा दर्ता भएको छ ।

उच्च अदालत जनकपुरको राजविराज इजलासमा परमादेशपछि उपप्रमुख मिरा र उनका पति महेन्द्र विरुद्ध आइतबार जिल्ला अदालत सप्तरीमा नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको सप्तरी प्रहरीले जनाएको छ । 

डाक्नेश्वरी नगरपालिकाका कृष्णकुमार यादवले उपप्रमुख मिरा दम्पती भारतीय नागरिक रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारबाहीका लागि उजुरी दिएका थिए ।

प्रहरीले मुद्दा नचलाएपछि उनी मुद्दा दर्ताको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलास समक्ष उच्च अदालतबाट परमादेशका लागि गएका थिए । उच्च अदालतको राजविराज इजलासले मुद्दा दर्ता गर्न परमादेशको आदेश जारी गरेपछि उनीहरू विरुद्ध नागरिकता कसुरमा मुद्दा दर्ता गरिएको हो ।

उपप्रमुख मिरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको निर्मली थाना अन्तर्गत मझारी ग्रामका बासिन्दा रहेको र किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा यादवले कारबाहीको माग गरेका थिए ।

सप्तरीको साविक औरही गाविस वडा नम्बर-३ ९हाल डाक्नेश्वरी नगरपालिका ६० बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिएको आरोप उपप्रमुख मिरा दम्पतीमाथि छ ।

प्रतिक्रिया दिनुहोस