७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’

अ+ अ-

चितवन । रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ । कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो ।

नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गरेर प्रत्यक्ष लाभ हुने गरी काम गर्न लागिएको हो । उनले भन, ‘कृषकले सम्पर्क गरेसँगै हामी प्राविधिक पठाउँछौँ ।’ नगरपालिकामा रहेका प्राविधिकले धान्ने अवस्था नभएमा जनशक्ति थपेर पनि घरघरमा सेवा दिने उनको भनाई छ ।

कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले काम अघि बढाएको उनले बताए । कम लागतमा धेरै उत्पादन गर्न सकियोस् भन्नका लागि नगरपालिकाले विज्ञहरूसँग परामर्श गरेर कार्यक्रम अघि बढाएको उहाँको भनाई छ । उनले भने, “कृषकले अब आफ्नो परिश्रमको लागत पाउने गरी काम गर्ने वातावरण हामी बनाउँछौँ ।’

नगरपालिकाले दूध उत्पादक र सहकारी संस्थाले किसानसँग खरिद गर्ने दूध र बिक्री गर्ने मूल्यमा एकरूपता कायम गर्ने उनले बताए । पशुपालनलाई प्रभावकारी बनाउन सन्तुलन पशु आहारका लागि दाना उद्योग सञ्चालन, हरियो घाँस, साइलेज प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको योजना छ ।

व्यावसायिक किसान र न्यून आय भएका किसानको पहिचान गरी मापदण्डबमोजिमका अनुदान कार्यक्रममा सहभागिताको लागि व्यावसायिक किसानलाई ४० प्रतिशत र गरिब न्यून आय भएका किसानलाई ६० प्रतिशत सहभागिता गराउने प्रमुख सापकोटाले बताए । यसबाट साना किसानलाई संरक्षण गर्दै व्यवसायीकरणतर्फ उन्मुख गराउने लक्ष्य नगरपालिकाले राखेको छ ।

नगरभित्र उत्पादित कृषि तथा पशुजन्य सामग्रीको कोसेली घर मार्फत बिक्री वितरणको व्यवस्था गरिने भएको छ । नगरपालिकाले नश्ल सुधार कार्यक्रमलाई नगरभित्र अभियानका रूपमा अघि बढाउने भएको छ । नगरपालिकाले अनुदान कार्यक्रमलाई व्यवस्थित गर्दै बीउ पुँजीको रूपमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस