१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, भोली निर्णय हुँदै

अ+ अ-

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको हो ।

पहिलो नम्बरमा सिफारिस भएकी बस्नेत महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत छन् भने घिमिरे छेन्दु महावाणिज्य दूतावास र उपाध्याय काठमाडौँ प्रमुख जिल्ला अधिकारी छन् । 

सचिव पद रिक्त रहेको दुई साता सकिँदा पनि सिफारिस नगरिएको बारे हिजो(आइतबार) मात्रै प्रशासन डटकमले समाचार लेखेको थियो । 

सम्बन्धित समाचार : बढुवा हुनेलाई चासो नभएपछि सचिव सिफारिसमा ढिलाइ !  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएसँगै तीन गतेदेखि रिक्त हुन आएको पदका लागि सिफारिस गरिएको हो । अझै एक सचिव पद रिक्त छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइराला ४ गते अनिवार्य अवकाशमा गएसँगै रिक्त हुन आएको पदका लागि केही दिनमै प्रारम्भिक बैठक बस्नेछ । 

पछिल्लो सचिव बढुवा सिफारिस नारायण शर्मा दुवाडी, घिमिरे र उपाध्यायको नाम सिफारिस भएको थियो ।  

सम्बन्धित समाचार : सचिवका लागि तीन सहसचिवको नाम सिफारिस

पहिलो नम्बरका दुवाडी सचिवमा बढुवा भएपछि दोस्रो नम्बरमा सिफारिस घिमिरे यति बेला पहिलो नम्बरमा पर्ने भए पनि तालिम सकाएपछि दसौँ सचिव भन्दा सिनियर सहसचिव बस्नेत पहिलो नम्बरमा आएकी हुन् । 

सम्बन्धित समाचार : नारायण शर्मा दुवाडी सचिवमा बढुवा

मङ्गलवार(भोली) बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले सिफारिस गरिएका मध्येबाट एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्ने सम्भावना छ । सम्भवतः पहिलो नम्बरमा सिफारिस बस्नेतलाई नै सरकारले सचिव बढुवा गर्ने प्रशासन उच्च स्रोत बताउँछ । अहिले नभएको अवस्थामा लगत्तै एकल सिफारिसमा बस्नेत स्वतः सचिव हुनेछिन् । 

प्रतिक्रिया दिनुहोस