९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागमतीमा आठ शीतभण्डार निर्माण

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार  निर्माण गरेको छ । दुई शीतभण्डार निर्माणको क्रममा छन् । 

देशकै मध्य भागमा  कृषि उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीतभण्डार निर्माण गरिएका हुन् । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार चितवनको सिमलटाँडीमा एक हजार पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार रु. तेह्र करोडको लागतमा निर्माण गरिएको हो ।

धादिङको चरौदीमा सोही क्षमताको उत्तिकै लागतमा शीतभण्डार निर्माण गरिएको छ । रसुवाको कालिकास्थलमा रु. चार करोडको लागतमा  तीन सय मेट्रिक टन क्षमताको, दोलखाको जिरीमा रु. पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको, रामेछापको मन्थलीमा रु. पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको तथा सिन्धुपाल्चोकको इन्द्रावतीमा रु. पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको छ ।

यस्तै सिन्धुपाल्चोककै लिसङ्खुपाखरमा रु. पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको र सिन्धुलीको मूलकोटमा रु. पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सम्पन्न भएका छन् ।

सचिव पाण्डेका अनुसार ती सबै शीतभण्डार साउनभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । नुवाकोटको बेलकोट र विदुरमा रु. २०/२० करोडको लागतमा पाँच-पाँच हजार मेट्रिक टनका दुई शीतभण्डार निर्माणको क्रममा छन् । “दुवै शीत भण्डारको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । आगामी मङ्सिरसम्म काम सम्पन्न हुन्छ”, उनले भने । 

आर्थिक वर्ष २०७७/०७८ देखि शीतभण्डार निर्माण थालिएको हो । कोभिड-१९, निर्वाचनलगायत कारणले काम सम्पन्न गर्न ढिला भएको हो । बागमती प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा ती शीतभण्डार निर्माण गरिएका हुन् । “काभ्रेको आलु शीत भण्डारको अभावमा कपिलवस्तु पुर्‍याउनुपर्थ्यो, अब समस्या हट्छ”, सचिव पाण्डेले भने,“तरकारी र फलफूल बिक्री नभएर सडकमा फाल्ने तथा लागतभन्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता थियो, अब त्यो अवस्था आउँदैन ।”  

शीतभण्डारमा काम गर्ने कर्मचारीलाई तालिम प्रदान गरेर उत्पादन लामो समय टिकाउनका लागि मन्त्रालयले पहल गर्ने उनको भनाइ छ । शीतभण्डार सञ्चालनमा आएसँगै बाहै्रमहिना उपभोक्ताले तरकारी तथा फलफूल उपभोग गर्न पाउने छन् । पर्याप्त उत्पादन हुँदा सस्तो र कम उत्पादन हुँदा महँगोमा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न शीतभण्डार प्रभावकारी हुने उनको भनाइ छ । आलुको बीउका लागि शीतभण्डार अनिवार्य हुँदा टाढा टाढा र भारतबाट समेत महँगोमा बीउ खरिद गर्नुपर्ने बाध्यताको अब अन्त्य हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस