६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगर विमानस्थलको फोहोर नउठाउने महानगरको निर्णय 

अ+ अ-

काठमाडौँ। विराटनगर महानगरपालिकाले विराटनगर विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको छ । विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले महानगरपालिकालाई कर नतिरेपछि बुधबारदेखि फोहोर नउठाउने निर्णय गरेको हो ।

विमानस्थलले स्थापना कालदेखि नै स्थानीय सरकारलाई कर बुझाएको छैन । विराटनगर महानगरपालिकाले विमानस्थल प्रशासनलाई पटक-पटक सम्पत्ति कर, बहाल कर बुझाउन र निर्माणधीन टर्मिनल भवनको नक्सा पास गर्न पत्रचार गरेको थियो ।

विमानस्थल प्रशासनले कर नतिरेपछि फोहोर नउठाउने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए ।

विराटनगर विमानस्थल प्रशासनले टर्मिनल भवन भित्र-बाहिर पसल र होटललाई भाडामा संरचना प्रयोग गर्न दिएको छ । टर्मिनल भवन भित्र विमान कम्पनीका काउन्टर पनि छन् । त्यस बाहेक नोबेल मेडिकल कलेज अगाडिको विमानस्थलको जग्गामा सटर निर्माण गरेर भाडामा पनि लगाएको छ । ती संरचना भाडामा लगाए बापत भएको आम्दानीबाट बहाल कर विमानस्थल प्रशासनले नतिरेको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।

उनका अनुसार विमानस्थल प्रशासनलाई पटक पटक लिखित आग्रह गर्दा कर तिर्न अटेर गरेको हो । विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको नक्सा पनि पास नगरको उनले बताए । विमानस्थलमा २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्गमिटरको टर्मिनल भवन निर्माणधीन छ । यो टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो हो । गौतमका अनुसार विमानस्थलको सम्पत्ति मूल्याङ्कन पनि भएको छैन । सम्पत्ति मूल्याङ्कन भएपछि तिर्नुपर्ने करको विवरण खुल्छ ।

विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष एक अर्ब ६४ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । तर चालु आर्थिक वर्ष २०७९-८० को ११ महिनामा (जेठ मसान्त) ५१ करोड ६५ लाख ९४ हजार ९ सय रुपैयाँ मात्रै आम्दानी भएको छ । गत वर्ष महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस