११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भटाभट खाली हुँदै राजदुत, छैन नियुक्तिको सुरसार 

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसंघसहित सात वटा नियोग र दूतावासहरू नेतृत्वविहीन हुँदै छन् तर मन्त्रालय भने नियुक्तिको सुरसारमा देखिँदैन । परराष्ट्र मन्त्रालयका सहसचिवहरूको ४ वर्षे कार्यकाल सकेर फर्किरहँदा मन्त्रालयमा भने चाइँचुइँ केही छैन । 

थाइल्यान्डका लागि गणेशप्रसाद ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुङ्गाना र संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपालका राजदूत कृष्णप्रसाद ढकाल कार्यकाल पूरा गरेर फर्किसकेका छन् भने फ्रान्सका लागि नेपालका राजदूत दीपक अधिकारी फर्कने सुरसार कस्दै छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका प्रमुख अमृतबहादुर राई र संयुक्त राष्ट्र सङ्घको जेनेभास्थित नियोग प्रमुख मनि प्रसाद भट्टराईको कार्यकाल सकिएको छ ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिकाको दफा ३ (च) ले राजदूत पदको ५० प्रतिशत नघट्ने गरी परराष्ट्र सेवाका राजपत्राङ्कित विशिष्ट (सचिव) वा प्रथम श्रेणी (सहसचिव) का बहालवाला अधिकृतमध्येबाट राजदूत नियुक्त गर्ने व्यवस्था गरेको छ। जसअनुसार विदेशस्थित ३३ नेपाली राजदूतावास तथा नियोगमध्ये कम्तीमा १७ वटामा परराष्ट्र सेवाका अधिकारीलाई राजदूत बनाउनुपर्ने व्यवस्था छ ।

अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको नाम चर्चामा छ । मंसिरमा अनिवार्य अवकाश हुँदै छन् । 

सचिव पौड्यालसँगै लोकबहादुर थापा, सुधीर भट्टराई, तेजबहादुर क्षेत्री, घनश्याम लम्साल, धनबहादुर ओली, रामप्रसाद सुवेदी मुख्य दाबेदारका रूपमा रहेका छन् । 

त्यस्तै खड्क दाहाल, कौशल किशोर राय, रिता धिताल लगायत पनि जोड बलमा देखिन्छन् । 

जसमध्ये धिताल तत्कालीन परराष्ट्र सचिव तथा त्यसपछि मुख्य सचिवसमेत रहेका शंकरदास वैरागीको चलाखीपछि केही समय अघि मात्रै बढुवामा परेकी थिइन् ।

राजदूत नियुक्ति सम्बन्धी निर्देशिका अनुसार परराष्ट्र सेवाबाट राजदूत नियुक्त हुनेहरूको हकमा मन्त्रालयको सिफारिसलाई प्रमुख आधार बनाउने उल्लेख गरेको छ। परराष्ट्र मन्त्रालयले भने ज्येष्ठता (हाल कायम रहेको पदमा हाजिर गरेको मितिबाट लागू हुने) अर्थात् ‘फर्स्ट कम फर्स्ट सर्भ’, कार्यक्षमता र सेवाका अधिकारीहरूको अवकाश हुने स्थिति मध्यनजर गर्दै राजदूत सिफारिस गर्ने गरेको छ। 

सचिव पौड्याल राजदूत भई गएको अवस्थामा मन्त्रालयको जिम्मेवारीमा सेवा लम्साल या अमृत राई आउनेछन् ।

प्रतिक्रिया दिनुहोस