१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तुर्माखाँद गाउँपालिकाद्वारा दुई एम्बुलेन्स खरिद 

अ+ अ-

अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले दुईवटा एम्बुलेन्स खरिद गरेको छ । भौगोलिक रुपमा जिल्लाकै विकट पालिकाको रुपमा रहेको पालिकाले स्थानीयको स्वास्थ्य उपचारलाई ध्यान दिँदै दुईवटा एम्बुलेन्स खरिद गरेको हो । 

पालिकाले ४५ लाखमा एम्बुलेन्स खरिद गरेको अध्यक्ष डम्बर बि.सी.ले प्रशासन डट कमलाई बताए ।  खरिद गरिएका दुईवटा एम्बुलेन्स मध्ये एउटा एम्बुलेन्स वडा न ८ मा रहेको धमाली स्वास्थ्य चौकीको मातहतमा रहने गरी वडा नं. ८, ७ र वडा न ६ का नागरिकहरूलाई सेवा दिने भएको छ भने अर्को एम्बुलेन्स पालिकाका अन्य वडाका नागरिकहरूको सेवाका लागि परिचालन गरिने पालिकाले जनाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत बजेट अनुसार पालिकामा दुईवट एम्बुलेन्स खरिद गरिएको हो ।

एम्बुलेन्सले पालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क सेवा दिने भएको छ । गत मंसिर महिनामा एम्बुलेन्स खरिद गर्नका लागि सम्झौता भएपनी एम्बुलेन्स भने असारमा मात्रै पालिकामा ल्याइएको छ । 

पालिका भौगोलिक रुपमा निकै विकट छ । यस क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूले अहिले पनि दुःख पाईरहेको भन्दै बिशेषगरी महिलाहरूलाई सहज हुने गाउँपालिकाले अपेक्षा गरेको अध्यक्ष बिसीले बताए ।  

आफूहरूले निर्वाचनको क्रममा पनि गर्भवती तथा सुत्केरी महिलाहरूका लागि पालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको र आफ्नो घोषण पत्रमा समेत यही कुरालाई प्राथमिकता दिएकोले सोही प्रतिबद्धतालाई कार्यान्वयन गरेको अध्यक्ष बिसीको भनाई छ । 

आफूहरूले चुनावका बेला जनता माझ गरेका प्रतिबद्धताहरू क्रमशः यसैगरी एकपछि अर्को गरी कार्यान्वयन गर्दै जाने बताए । आफूहरूले सस्तो लोकप्रियताको लागि भन्दा पनि यस क्षेत्रमा रहेका नागरिकहरूको समस्यालाई मध्येनजर गर्दै एम्बुलेन्स खरिद गरिएकाले यो कार्यबाट यस क्षेत्रका महिलाहरूलाई ठुलो राहत पुग्ने विश्वास उनको छ । 

पालिकाले यति मात्रै नभई तुर्माखाँद स्वास्थ्य चौकीमा दक्ष जनशक्ति सहित एक्सरे मेसिन समेत जडान गरेको छ । यो कार्यबाट सामान्य एक्सरे गर्नका लागि पनि मङ्गलसेन जानुपर्ने बाध्यता हटेको छ भने नागरिकहरू अतिरिक्त आर्थिक भारबाट समेत जोगिएका छन् । 

प्रतिक्रिया दिनुहोस