८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवर्तनको नेतृत्व गरेको पार्टी भएकाले विचलित नहुनु : प्रमुख सचेतक लेखक

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकमा ठूला राजनीतिक परिवर्तन भएको स्मरण गराउँदै वर्तमान अवस्थामा विचलित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार कञ्चनपुरको बेलौरीमा आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख सचेतक लेखकले कुनै पनि पार्टी कार्यकर्ताले मन कमजोर बनाउने अवस्था नरहेको बताए ।

‘कुनैले पनि विचलित हुने, कमजोर मन बनाउने, आत्तिने, तसिर्ने, भाग्ने काम छैन’, नेता लेखकले भने, “अहिले कतिपय कुरा सुनिने गरेको छ, फलानो पार्टी आइहाल्यो, फलानो मान्छे आइहाल्यो भन्नेको पछि लाग्नु आवश्यक छैन ।’

उनले मुलुकमा ठूलाठूला राजनीतिक उथलपुथल भए पनि ती राजनीतिक उथलपुथललाई समेत सम्बोधन गरेर सबै व्यवस्थामा नेतृत्व गरेर कांग्रेस अघि बढेको बताए ।

‘संवैधानिक राजतन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा हरेक समयको नेतृत्व गरेर देशमा परिवर्तन र स्थायित्व ल्याउने कांग्रेस हो’, लेखकले भने, ‘अहिले भर्खर च्याउ जस्ता जन्मिएका, उम्रिएका पार्टीसँग अब कांग्रेस सिद्धिन्छ भन्ने ढङ्गले तपाईँहरूले हेर्न थाल्नुभयो भने त्यसको अर्थ तपाईँले कांग्रेस बुझ्नु भएन भन्ने हुन्छ ।’

पार्टीप्रति अविचलित भएर लाग्नसमेत उनले कांग्रेसका नेता कार्यकर्तालाई आग्रह गरे । कांग्रेस सबैभन्दा बढी आफूलाई समयसापेक्ष रूपान्तरण गर्न सक्ने पार्टी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस