७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवस्था फेरिए पनि दलितको अवस्था फेरिएन : छविलाल विश्वकर्मा

अ+ अ-

धनकुटा । पूर्वकृषि तथा सहकारीमन्त्री छविलाल विश्वकर्माले नेपालमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकाले दलित समुदायको मुक्ति हुन नसकेको बताएका छन् ।

दलित महिला सङ्घ (फेडो) धनकुटाको आयोजनामा धनकुटाको हिलेमा जारी दुई दिने कोशी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले भने, ‘पटक–पटक भएको राजनीतिक सङ्घर्षमा दलितले आफ्नो ज्यानको आहुति दिएका छन् तर पनि उनीहरूको अवस्था उस्तै छ ।’

दलित समुदाय पछि पर्नुको प्रमुख कारणमध्ये सत्ताको बागडोरमा पुगेकाहरूले बेवास्ता गर्नु पनि एक महत्त्वपूर्ण कारण भएकाले दलितले सत्ता सञ्चालनका नीति जान्नुपर्ने उनको धारणा थियो । संविधान र कानूनमा अधिकार लेखिए पनि दलित स्वयं एकजुट भएर सङ्घर्ष नगरेसम्म दलितले अधिकार पाउने अवस्था नरहेको उनको भनाइ थियो ।

कार्यशालामा डा डम्बर चेम्जोङ र धनकुटाका दलित अभियन्ता नै विश्वकर्माले दलित समुदायको अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालालाई ध्यानाकर्षण गराउँदै अभियन्ता विश्वकर्माले छुवाछूत नमान्ने युरोपेलीलाई समेत प्रवासी नेपालीले विभेद गराउन सिकाउने गरेको किस्सा सुनाए ।

‘नेपाल छुवाछूत उत्पादन गर्ने थलो बनेको छ’, उनले भने, ‘नेपालबाट अमेरिकालगायत विकसित मुलुकमा बसाइँ जाने नेपालीले त्यहाँका बासिन्दालाई यो सानो जात हो भनेर भेदभाव गर्न सिकाउने गरेका छन ।’ मान्छेले छोएको मान्छेले नखाने देश नेपाल हो भनेर विश्वसामु नेपालको बेइज्जत भइरहेको पनि उनले जानकारी दिए ।

कार्यक्रमको अवसर पारेर आयोजक संस्थाले दलित आन्दोलनमा सहयोग पुर्‍याउने विभिन्न पाँच जना दलित समुदायका व्यक्तित्वलाई सम्मान गरेको छ । जिल्लाका सात स्थानीय तहको सहयोगमा भोलिसम्म सञ्चालित उक्त कार्यक्रममा कोशी प्रदेशअन्तर्गत १४ जिल्लाका एक सयभन्दा बढी दलितको सहभागिता रहेको आयोजक संस्थाकी अध्यक्ष यज्ञकुमारी रुचालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस