काठमाडौँ । नेपाल बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरू परिपूर्तिका लागि आवेदन खुला गरेको छ ।
बैंकले चौथो तहदेखि छैटौँ तहसम्मका पदहरूका लागि कर्मचारी माग गरेको हो । बैंकले ४६ जना कर्मचारी माग गरेको हो ।
बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । इच्छुक तथा योग्य नेपाली नागरिकले १ असारदेखि (आज) २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
