७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच

अ+ अ-

काठमाडौँ । बेँसी सहर नगरपालिका-११ बरबोटमा रहेका लोपोन्मुख चेपाङ समुदायका बालबालिकाको स्वास्थ्य र  शिक्षामा पहुँच पुग्न थालेको छ  । 

नेपाल चेपाङ महासङ्घका पूर्व केन्द्रिय सदस्य अम्रिता चेपाङले भनिन् ।,“स्थानीय सरकारका कारण मुलुकमा विस्तारै शिक्षा र स्वास्थ्यको पहुँच बढ्दै गर्दा यहाँ पनि यसको प्रभाव पर्न थालेको  छ । यहाँका सबै बालबालिका शिक्षा एवं स्वास्थ्य क्षेत्रको पहुँचमा पुग्न थालेका छन् ।”

समुदायमा विस्तारै चेतनाको वृद्धि हुन थालेसँगै उनीहरू शिक्षा र स्वास्थ्यतर्फ अघि बढ्न थालेको स्थानीय विष्णु चेपाङले बताए । उनले भने,“पहिला पहिला सानै उमेरमा विवाह गर्ने समेत गरे पनि अहिले चेतनाको वृद्धि भएसँगै सानै उमेरमा विवाह गर्नेहरू न्यूनीकरण भएको छ ।” 

स्थानीय सरकारले केही सहयोग गरे पनि गण्डकी प्रदेश तथा सङ्घीय सरकारले भने सहयोग एवं प्राथमिकताका नदिएको उनीहरूको गुनासो छ । 

बेँसी सहर नगरपालिका-११ का वडाध्यक्ष शिवप्रसाद जोशीले भने,“यहाँका चेपाङ समुदायमा विगतका भन्दा शिक्षा र स्वास्थ्यमा पहुँच पुग्न थालेको छ ।” उनीहरूका लागि छुट्टै बजेट वा प्राथमिकतामा राखेर सरकारले गर्नुपर्ने काम जति भने गर्न नसकेको उनको भनाइ छ । चेपाङ समुदायमा रहेको जनजागृति आधारभूत विद्यालयमा कति चेपाङका विद्यार्थी रहेका छन् भन्ने, विवरण नगरपालिकाको शिक्षा शाखामा नआइसकेकाले सशक्त अनुदानको रकम उनीहरूलाई दिन नसकेको र उनीहरूका लागि अन्य समुदायका तुलनामा छात्रा वृद्धि रकम बढी हुने नगरपालिकाका सूचना अधिकारी किसानराज चिलुवालले बताए। 

उनले भने, “सङ्घीय सरकार र स्थानीय सरकारको सहयोगमा चेपाङ समुदायलाई लक्षित गरेर इसिडी सेवा सञ्चालन भइरहेको र सो बाहेक उनीहरूका लागि छुट्टै कार्यक्रम लागू भने गरिएको छैन । ” बेँसी सहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, “चेपाङ समुदायको आयस्तर वृद्धि गर्ने, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अघि बढाउनका लागि नगरपालिकाले ध्यान केन्द्रित गर्दै आइरहेको छ । यहाँ गत वर्ष पनि विभिन्न कार्यक्रम गर्दै आएको र यस वर्ष पनि उनीहरूलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी भएको उनको भनाई छ ।” 

यहाँ चेपाङ समुदायको १३ घर छन् । यतिका घरमा ७०  चेपाङ समुदाय छन् । यहाँ विगतमा प्रौढ शिक्षा सञ्चालनका कारण अधिकांश स्थानीयवासीले आफ्नो नाम लेख्न तथा हस्ताक्षर गर्न सक्ने स्थानीयवासीको भनाइ छ ।  

प्रतिक्रिया दिनुहोस