७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्याङ्क नमिल्दा स्वास्थ्यका अभियानको प्रगति प्रभावित

अ+ अ-

बलेवा । उपयुक्त तथ्याङ्कको अभावमा स्वास्थ्य कार्यालय बागलुङले सञ्चालन गर्ने अभियान प्रभावित हुने गरेका छन् ।

स्वास्थ्यसम्बन्धी विभिन्न अभियान सञ्चालन गर्दा सङ्घ तथा प्रदेश सरकारले अनुमानको आधारमा तोकिदिएको लक्ष्य भेटाउन कार्यालयलाई कठिन हुने गरेको छ । चालु आर्थिक वर्षका क्रियाकलापको जानकारी तथा कार्यालयको प्रगतिबारे जानकारी गराउँदै कार्यलय प्रमुख प्रवीण शर्माले स्वास्थ्यका विभिन्न पाटोमा काम चाहिने तथ्याङ्क जिल्लामा नरहेको बताए ।

‘टाइफाइडको खोप दश हजार बालबालिकालाई लगाउनु भनेर निर्देशन आउँछ, तर यहाँ उनीहरुको सङ्ख्या दश हजार नै हुँदैन, शतप्रतिशत बालबालिकाले खोप पाउँदासमेत लक्ष्य अनुसारको प्रगति देखिँदैन, सोहीअनुसार कार्यालयको कार्यसम्पादन मूल्याङ्कन हुन्छ’, शर्माले भने ‘यो समस्या तथ्याङ्क नभएका कारण आएको हो ।’

अभियानको लक्षित वर्गको विषयमा जानकारी, सम्बन्धित क्षेत्रको तथ्याङ्क हुने हो भने मात्रै कार्यक्रम कार्यान्वयनमा सहज हुने उनको धारणा थियो । कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाको बरेङ र तमानखोला गाउँपालिकाको तथ्याङ्क तयार गरेको छ । जिल्लाका बाँकी स्थानीय तहको पनि स्वास्थ्य तथ्याङ्क तयारी गर्नुपर्ने उनले बताए ।

शुक्रबार कार्यालयले आयोजना गरेको जोखिम सञ्चार अभिमुखीकरण तथा चालु आर्थिक वर्षका कार्यक्रमबारे जानकारी दिन आयोजित अन्तक्रियामा जिल्ला समन्वय प्रमुख अमर थापाले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए । थापाले कार्यालयले गर्ने प्रगति सङ्ख्यात्मकभन्दा गुणात्मक हुनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गलत सूचनाको जोखिम स्वास्थ्य क्षेत्रमा धेरै हुने बताए । सानो सूचना मात्रै गलत हुँदा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा ठूलो प्रभाव पर्ने उनको धारणा थियो । कार्यलयले चालु आवमा ९४ दशमलव १९ प्रतिशत भौतिक प्रगति गरेको छ । ८४ दशमलव ४४ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस