८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय कृषकलाई अनुदान

अ+ अ-

काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाले व्यावसायिक रूपमा दूध बिक्री गर्ने तीन सय कृषकलाई प्रोत्साहनस्वरुप अनुदान वितरण गरेको छ । नगरपालिकाले समूह, सहकारी, फार्म, डेरीमार्फत दूध बेच्ने कृषकलाई वर्षभरि बेचेको दूधको परिमाणका आधारमा अनुदान वितरण गरेको हो ।

दुग्ध उत्पादक किसानलाई अनुदान उपलब्ध गराउन थालेपछि गाई भैँसी पालन गरी दूध बेच्ने कृषकको सङ्ख्या वृद्धि भएको नगरपालिकाका पशु विकास शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए ।  उनका अनुसार चालु आर्थिक वर्ष २०७९र८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई रू आठ लाख चार हजार चार सय २२ अनुदान वितरण गरेको गरिएको छ ।

नियमित रूपमा डेरीमार्फत दूध बिक्री गर्ने कृषकले बिक्री गरेको दूधको परिमाणका आधारमा अनुदान रकम वितरण गरिएको नवदुर्गा ट्रेडर्सद्वारा सञ्चालित कृषक डेरीका सञ्चालक युवराज बर्तौलाले बताए ।  “डेरीमार्फत दूध बिक्री गर्ने ३३ जना कृषकले ९१ हजार ६३ लिटर दूध बिक्री गरेका थिए”, उनले भने, “सोही परिमाणका आधारमा रू एक लाख ५६ हजार नौ सय ७० वितरण गरिएको हो ।”

त्यस्तै नन्दकिश्वर डेरी प्रालिमार्फत ८५ कृषकले एक लाख तीन हजार चार सय ५८ लिटर दूध बिक्री गरेबापत रू एक लाख ७८ हजार तीन सय ३६, देवदर्शन निष्ठा डेरी उद्योगमार्फत एक सय ५३ कृषकले दुई लाख २६ हजार चार सय ९२ लिटर दूध बिक्री गरेबापत रू तीन लाख ९० हजार चार सय १७ र सुन्तलाबारी कृषि सहकारी संस्था लिमिटेडमार्फत २८ जना कृषकले २७ हजार ५९ लिटर दूध बिक्री गरेबापत रू ६६ हजार ६ सय ३३ वितरण गरिएको नगरपालिकाको पशु विकास शाखाले जनाएको छ । 

शाखाका अनुसार गाईको दूधमा प्रतिलिटर रू एक रुपैयाँ ७५ पैसाका दरले र भैँसीको दूधमा प्रतिलिटर रू दुई रुपैयाँ ५० पैसाका दरले प्रोत्साहन अनुदान वितरण गरिएको हो । नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ । 

नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले प्रोत्साहन अनुदानबाट किसानलाई पशुपालनमा आकर्षण गरी स्वरोजगारमा प्रेरित गर्न सहयोग पुग्ने बताए ।  नगरपालिकालाई दूध र मासुमा आत्मनिर्भर बनाउने नीतिअनुरूप गाई भैँसी पकेट क्षेत्र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस