काठमाडौँ । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक सुरु भएको छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, आलोकनगरमा बैठक सुरु भएको हो।
बैठकमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू सहभागी छन्।
मुलुकमा विकसित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविकाका लागि गर्नुपर्ने कार्य योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ।