काठमाडौँ । जिल्ला अदालत सप्तरीले डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई थप पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।
५ दिन थुनामा राखी अनुसन्धान गर्न आइतबार प्रहरीले अनुमति पाएको हो।
नागरिकतासम्बन्धी कसुरमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी गत बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्।
त्यसको भोलिपल्ट बिहीबार प्रहरीले म्याद थपका लागि उनलाई अदालत पेस गरेको थियो। गत बिहीबार अदालतले ३ दिन म्याद थप गरेको थियो। उनका पति महेन्द्रकुमार यादव भने फरार छन्। नागरिकतासम्बन्धी कसुरमा मङ्गलवार दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
सम्बन्धित समाचार : उपमेयर यादवलाई तीन दिन थुनामा राख्न अनुमति
सम्बन्धित समाचार : नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ
सम्बन्धित समाचार : उपमेयर यादवविरुद्ध किर्ते नागरिकताको आरोपमा मुद्दा दर्ता