काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताएका छन्।
मन्त्री श्रेष्ठले ट्विटर मार्फत, धनी-गरिब, सम्पन्न-विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन्।
उनले ट्विट गर्दै भनेका छन्, ‘देश र जनताको हित विरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोही तर्सनु पर्दैन। दोषी र अपराधीलाई भने छुट हुनेछैन,’अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन। त्यस्तो अपेक्षा नगरौं।’
देश र जनताको हित बिरुध्द आफ्नो ब्यक्तिगत फाइदाको लागि किर्ते ,ठगि ,भ्रष्टाचार , संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक निर्दोष कोहि तर्सनु पर्दैन । दोषी र अपराधी लाई भने छुट हुनेछैन ।
— NKShresthaPrakash (@nksthaprakash) July 9, 2023
अनि धनी र गरिब,सम्पन्न र बिपन्नलाई छुट्टा छुट्टै कानुन हुन सक्दैन ।त्यस्तो अपेक्षा नगरौं ।