काठमाडौँ । भारतले धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएपछि महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै सीमा क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको हो।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार असार २६ गते बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्न लागिएको हो।
