काठमाडौँ । विनियोजन विधेयक २०८० माथि छलफल गर्नका लागि आज (सोमबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि(मंगलबार)का लागि सारिएको हो ।
राष्ट्रिय सभाका अध्यक्षका प्रेस सल्लाहकार दुर्गा प्रसाद शर्माका अनुसार सोमबार ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस मंगलबार ११:१ मिनेटमा बस्ने गरी समय परिवर्तन भएको जनाएका छन् ।
अघि सोमबार बिहान ११का लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, ऊर्जा जलस्रोत तथा सिँचाइ, खानेपानी, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने सम्भावित कार्यसूची थियो ।