७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद क्षेत्रको विकासमा मन्त्रालय गम्भीर छ : मन्त्री लिम्बू

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले सीमित स्रोत र साधनको प्रयोगबाट खेल क्षेत्रको विकासका लागि मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

इर्मजिङ कप खेल्न श्रीलंका जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई कार्यक्रममा उनले खेलाडीहरूको मेहनतमा मन्त्रालयको सानो सहयोगको लागि सीमित स्रोतको प्रयोग आवश्यकता पूर्तिको लागि परिचालन गर्ने प्रयासमा रहेको बताए ।

उनले भने, ‘हामीसँग सीमित स्रोत र साधन छ त्यसबाट हाम्रो असिमित आवश्यकताहरू कसरी पूरा गर्ने भन्ने विषयमा मन्त्रालय लागि रहेको छ । तपाईँहरूको मेहनतमा मन्त्रालयको सानो सहयोग होस भनेर लागि रहेको छु र यसप्रति प्रधानमन्त्री पनि चिन्तित हुनुहुन्छ ।’
मन्त्री लिम्बूले खेल र पर्यटकलाई सँगसँगै लाने हो भने त्यसबाट देशलाई आर्थिक सहयोग, रोजगारीको सिर्जना र विभिन्न खालका अवसरहरू प्राप्त हुने भन्दै पर्यटन विकासमा खेलकुदको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए ।

उनले भने, ‘अन्तर्राष्ट्रिय स्तर स्टेडियम बनाएर, अन्तर्राष्ट्रिय खेल सहजताका साथ खेल्न सक्ने परिस्थिति बनाउनु पर्छ भनेर हामी लागि परेका छौ । खेलको क्षेत्रबाट पर्यटनको विकास हुनुपर्छ । खेल र पर्यटकलाई सँगसँगै लैजान सक्यो भने त्यहाँ आर्थिक गतिविधि हुन्छ । त्यसबाट देशलाई आर्थिक सहयोग हुन्छ, रोजगारीको सिर्जना हुन्छ, विभिन्न खालका अवसरहरू पनि आउँछ ।’

उनले अहिलेसम्म भएको सफलताबाट नेपालीको इज्जत बढेको भन्दै निराश नभईकन अगाडी बढ्न सरकार सधैँ साथमा रहेको बताए ।

नेपाली जनता र सरकारको साथ सहयोगका लिएर उच्च मनोबलका साथ जित्नको शुभकामना गर्दै अहिले क्रिकेटबाट हासिल भएको सफलता देशको लागि ठूलो उपलब्धि भएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस