काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले माग्दैमा राजीनामा दिनुनपर्ने स्पष्टीकरण दिएका छन्। उनले गत असार १८ गते एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन एक व्यापारीले सक्रिय भूमिका खेलेको बताएका थिए।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो ? भन्दै प्रश्न गरेका छन्।
‘प्रतिपक्षीले राजीनामा माग्दैमा राजीनामा दिनुपर्ने हो ? यही हो लोकतान्त्रिक विधि ? प्रतिपक्षीले प्रश्न उठाउँदैमा प्रधानमन्त्रीलाई स्पष्टीकरणको मौका नदिने हो ?,’ उनले प्रश्न गरे। उनले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागिएको चिन्ता व्यक्त गरे।