काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८० राष्ट्रिय सभा समक्ष पेस गरेका छन ।
राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री रिजालले विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत गर्नुहुँदै विद्युतीय माध्यमबाट साना तथा मझौला उद्योग व्यवसाय गर्नका लागि यसको आवश्यकता भएको बताए ।
यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विधेयकका विषयमा कुनै विरोधको सूचना प्राप्त नभएको जानकारी गराएका थिए ।