८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र चिनियाँ समकक्षीबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिर्फम कमिसन -एनडिआरसी) का उपाध्यक्ष छोङ्ग लियाङ्ग बीच चीनको वेइजिङ्गस्थित एनडिआरसीको कार्यालयमा भेटवार्ता भएको छ ।

उक्त भेटवार्ताका क्रममा योजना आयोग र एनडीआरसीका बीचमा सन् २०१८ र २०१९ मा भएका सम्झौताहरु अनुसारका कार्यक्रमहरु मध्ये सम्पन्न हुन बाँकीकार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाउने समझदारी भएको छ । त्यसक्रममा नेपाल र चीन सरकारको तर्फवाट गर्नुपर्ने कामका बारेमा विस्तृत रूपमा छलफल भएको थियो ।

नेपाल आगामी १६औ योजना तर्जुमा गर्न गइरहेको सम्बन्धमा आगामी दिनमा चिनियाँ समकक्षी निकाय एनडिआरसीको अनुभव सेयर गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको थियो ।

एनडिआरसी उपाध्यक्ष डा. श्रेष्ठले (एनडीआरसी) का उपाध्यक्ष लियाङलाई उपयुक्त समयमा नेपाल भ्रमण गर्न निमन्त्रणा दिएका छन् ।

पहिले राज्य योजना आयोग ढस्टेट प्लानिङ कमिसन) को रूपमा रहेको यस चिनिया संस्था हाल ढएनडिआरसी) को रूपमा चिनिन्छ । यसै आयोगद्वारा अगाडि बढाइएको बेल्ट एण्ड रोड इनिसिएटिभ -बीआरआई) हाल कार्यान्वयनको चरणमा रहेको छ ।

चिनियाँ विकास उपमन्त्रीसँग छलफल

त्यसै गरी आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र चाइना इन्टरनेसनल डेभलपमेन्ट एजेन्सी (सीआईडीसीए)का उप मन्त्री डेङ बोगिङबीच द्धिपक्षिय भेटवार्ता समेत भएको छ ।

चीनको राजधानी वेइजिङ्गमा आयोजना भइरहेको ‘फोरम अन ग्लोबल एक्सन फर शेयर्ड डेभलपमेन्ट’सम्बन्धी पहिलो उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजक संस्थाको रूपमा रहेको उक्त संस्था चीन सरकारको अन्तर्राष्ट्रिय सहयोग सम्बन्धी कामहरु हेर्ने निकाय हो ।

उक्त भेटवार्ताका क्रममा दुइ पक्षविचमा चीन सरकारद्वारा नेपाललाई घोषणा गरिएका सहयोग अन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयन प्रगती सम्बन्धमा छलफल भएको थियो ।

साथै पहिले समझदारी गरिएका प्रमुख कनेक्टीभिटीसँग सम्वन्धित आयोजनाहरुलाई छिटो अघि बढाउनका लागि दुवैतर्फबाट गर्नुपर्ने पूर्वतयारीका कार्यहरु बेलैमा सम्पन्न गर्ने बारेमा छलफल भएको थियो ।

यी दुवै भेटवार्तामा चीनका लागि नेपाली पक्षवाट राजदूत विष्णुपुकार श्रेष्ठलगायत दूतावासका उच्च अधिकारीहरु र नेपाली प्रतिनिधिमण्डलका सदस्य र चिन सरकारका उच्च अधिकारीहरु सहभागी थिए ।

मंगलबार आयोग उपाध्यक्षले चिनियाँ उपराष्ट्रपति हाङ चेफ्सँग भेटघाट गरी सोही दिन राति स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस