काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दै छ ।
बैठक अपराह्न ४ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ ।
मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन् ।
२३ असारमा बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो । साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी छ ।
कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य छन्।
मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् । यी पार्टीका शीर्ष नेताहरुले यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।