काठमाडौँ । कर्मचारी सञ्चय कोषले कर्मचारी सञ्चय कोषबाट धितोमा आधारित सञ्चयकर्ता कर्जा लिई किस्ता नियमित नगर्ने र भाखा नाघेका कर्जाका ऋणीहरूलाई साँवा ब्याज भुक्तानी गर्न सूचना जारी गरेको छ ।
कोषले सञ्चयकर्ता कर्जा विभाग र कोषका विभिन्न शाखा कार्यालयहरूबाट विभिन्न मितिमा घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल चक्र कर्जा सापटी र जग्गा खरिद सापटी उपभोग गरेका ऋणी सञ्चयकर्ताहरूले कोषलाई बुझाउनु पर्ने नियमित किस्ता (साँवा, ब्याज) नतिरेका र भाखा नाघेका ऋणीहरूले कोषलाई तिर्नुपर्ने साँवा, व्याज रकम २०८० आषाढ मसान्त सम्म कोषको खातामा जम्मा भनेको हो ।
नियमित त्रैमासिक ब्याज भुक्तानी गर्ने ऋणी सञ्चयकर्ताहरूलाई कोषले तोके बमोजिमको ब्याज छुट दिने व्यवस्था रहेकोसमेत कोषले जनाएको छ । साथै कर्जा नियमित नगरेको अवस्थामा कर्मचारी सञ्चय कोष ,कर्जा असुली विनियम २०७९ बमोजिम असुली प्रक्रिया अघि बढाइनेसमेत कोषको भनाई छ ।
