७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरहामा प्रहरी जवानलाई नै ११ घण्टासम्म बाँधेर दिइयो यातना

अ+ अ-

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैँ हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको छ ।

रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक हेमन्त राईको नेतृत्वमा सोमबार साँझ यातना दिएको भिडियो सार्वजनिक भएको हो । रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको थियो ।

महोत्तरीको जलेश्वर नगरपालिका-८ फुलहट्टाका रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिइएको हो ।

हतकडी लगाएर लडाइएको दृश्य देखिएको भिडियोमा प्रहरी जवान रायले पटकपटक ‘यस्तो यातना नदिनु न सर’ भनेको सुनिन्छ । मदिरा सेवन गरेको भने पनि रायले प्रतिकार गर्दै मैले मदिरा सेवन गरेको छैन भनेका छन् ।

प्रहरी निरीक्षक राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हवल्दारसँग गुनासो पोखेका थिए । हवल्दारको सल्लाह अनुसार पीडित रायले प्रहरी निरीक्षक राईसँग गुनासो गर्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी रविन्द्रराज पाण्डेले भने प्रहरी जवान रायलाई यातना नदिएको दाबी गरेका छन् । ‘प्रहरी जवान रायले २५ गते सोमबार साँझ ड्युटीमा रहेका जवानलाई गाली गलौज गर्दै हतियार खोस्ने प्रयास गरेर भागे,’ डीएसपी पाण्डेले भने, ‘त्यही क्रममा सिरहा बजारबाट नियन्त्रणमा लिई हतकडी लगाएर कार्यालयमा राखिएको मात्रै हो । यातना दिएको होइन ।’ घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले छानबिन गरिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस