७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा आठ लाख ७६ हजार सवारी साधन कारबाहीमा

अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार १४१ सवारीसाधनलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए। कारबाही गरिएकामध्ये लेनमा ३८ हजार ३६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३ हजार ६४, रातो बत्ती बलेको बेला सवारी साधन चलाउने २८ हजार नौ सय ३२ सवारी साधन कारबाहीमा परेका छन्।

यस्तै तीव्र गतिमा ५६ हजार पाँच सय २४, जथाभाबी पार्किङ गर्ने एक लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने सात सय ३६, जथाभाबी हर्न बजाउने १४ हजार चार सय ४७, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने एक सय ४८ र ओभर लोड प्रयोग गर्ने १६ हजार चार सय ८५ सवारी साधन रहेका छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी)को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ । हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन्। तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस