८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनु रायलाई यातना दिएको घटनाको छानबिन गर्न टोली गठन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई यातना दिएको भिडिओ सार्वजनिक भएको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अगाडि बढाएको छ ।

कार्यालयले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको छ । प्रहरी जवानलाई यातना दिएको विषयमा छानबिन गर्न टोली गठन भएको प्रदेश प्रहरी कार्यालयका एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार घटनाको छानबिन गर्न गठित टोली सिरहासमेत पुगिसकेको छ । टोलीलाई घटनाको छानबिन गरी अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको श्रेष्ठको भनाइ छ ।

चालकको रुपमा कार्यरत प्रहरी जवान रायलाई पाता कसेर यातना दिइएको भिडिओ आज सार्वजनिक भएको छ । भिडिओ सार्वजनिक भएलगत्तै प्रदेश प्रहरी प्रमुख डीआईजी स्वयं सिरहा पुगेर घटनाबारे बुझेका थिए । प्रहरी जवान रायका भाइ रजनीशले बढी ड्युटी गराएको र गुनासो गरेपछि इन्स्पेक्टर हेमन्द राईले नियन्त्रणमा लिएर यातना दिएको आरोप लगाएका छन् ।

उनले कानूनी उपचारसमेत खोज्ने चेतावनी दिएलगत्तै प्रदेश प्रहरी कार्यालयले घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन टोली बनाएको छ । सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बूले लागुऔषध वा अन्य नशा सेवन गरी अनुशासनविपरीत कार्य गर्न खोज्दा प्रहरी जवान रायलाई नियन्त्रणमा लिएर सोधपुछमात्र गरेको दाबी गरेका छन् । उनले भने, ‘प्रहरी जवान राय अहिले पनि ड्युटी गरिरहेका छन् । उनीमाथि कुटपिट भएको छैन । नियन्त्रणमा लिन पनि समस्या भएपछि हतकडी लगाएर सोधपुछमात्र गरियो । यातना दिएको भनिएको भिडिओ कसरी बाहिर आयो, थाहा छैन ।’

सम्बन्धित समाचार : सिरहामा प्रहरी जवानलाई नै ११ घण्टासम्म बाँधेर दिइयो यातना

प्रतिक्रिया दिनुहोस