१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहीबार दोहोरो अङ्कले घट्यो नेप्से

अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार अर्थात् बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। यस दिन नेप्से १२.६२ अङ्कले घटेर २०८४.९३ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ। यस दिन २९६ वटा धितोपत्रको ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको हो। बिहीबार १०% एनएमबी डिवेञ्चर २०८५ र १०.२५% एसबिएल डिवेञ्चर २०८३ को मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ। उक्त डिवेञ्चरहरूको मूल्य क्रमशः ९८७ रुपैयाँ ४० पैसा र १ हजार ९८ रुपैयाँ ५० पैसा पुगेको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा पिपुल्स हाइड्रोपावर रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ६.०५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३१८ रुपैयाँ ५० पैसामा सीमित भएको छ। यस्तै, हिमालयन पावर पार्टनरको सेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २९१ रुपैयाँमा झरेको छ। 

बिहीबार शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५२ रुपैयाँ २० पैसामा २३ करोड ७५ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.१८ प्रतिशत घटेको हो। सर्वाधिक सेयर खरिद-बिक्री हुने दोस्रो कम्पनीमा सोल्टी होटेल रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ४८६ रुपैयाँमा १७ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये बैंकिङ, होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ०.५५ प्रतिशतले बढेको छ भने वित्त समूहको परिसूचक सर्वाधिक २ प्रतिशतले घटेको हो।

प्रतिक्रिया दिनुहोस