काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदस्यता आवेदन फारम अनलाइनबाटै भर्न मिल्ने व्यवस्था मिलाएको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले अब अनलाइनबाटै सदस्यता फारम भर्न सकिने बताएका हुन्।
राप्रपाको वेबसाइटमा गएर नयाँ सदस्यता र नवीकरणका लागि आवेदन दिन सकिने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
साधारण सदस्यका लागि १० रुपैयाँ, सक्रिय सदस्यका लागि एक वर्षको १ सय ५० रुपैयाँ र ५ वर्षका लागि ५०० रुपैयाँ शुल्क लाग्ने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए।
‘अब मोबाइल फोनबाट पनि सदस्यता आवेदन फारम भर्न सकिन्छ,’ श्रेष्ठले भने।