९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ राजदूत सिफारिस, न्यूयोर्कमा थापा

अ+ अ-

काठमाडौँ । सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मङ्गलवारको मितिमा मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शुक्रबार रिक्त सातमध्ये ६ परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस निर्णयमा हस्ताक्षर गरेका हुन् ।

प्रशासन उच्च स्रोतका अनुसार संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस गरिएको छ । हाल उत्तर पूर्वी एसिया महाशाखा प्रमुख रहेका थापा यसअघि बेल्जियमका लागि नेपाली राजदूत थिए । उनीसँग राष्ट्रसङ्घीय मामिलामा काम गरेको अनुभव छैन । न्युयोर्कका लागि परराष्ट्रसचिव भरतराज पौडेल पठाउने चर्चा परराष्ट्रमा रहे पनि निर्णय गर्दा भने उनको नाम आएन ।

राष्ट्रसङ्घीय नियोग जेनेभाका लागि परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन् । उनी दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका थिए ।

सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन् । उनी हाल प्रमुख शिष्टाचार महापाल रहेका छन् । यसैगरी सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन् ।

सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेको छैन । कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुङ्गाना स्वदेश फर्किसकेका छन् । सम्भवतः कुनै ब्यालेन्स मिलाउन यो पद रिक्त राखिएको स्रोतको भनाई छ ।

हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस