१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ : मुख्यमन्त्री पाण्डे 

अ+ अ-

काठमाडौँ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने तयारी भइरहेको बताएका छन् । रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८ औँ पदस्थापन समारोहलाई आज सम्बोधन गर्दै उनले मुटु रोगका कारण धेरै मानिसले ज्यान गुमाउनु परेकाले मुटुरोगीको समयमै उपचार गराउनका लागि सरकारले अस्पताल निर्माण गर्ने तयारी गरिरहेको बताए ।

मुख्यमन्त्री पाण्डेले सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भइरहेको भन्दै यस कार्यमा विदेशीसँग जोडिएका रोटरियनहरुको पनि सहयोग आवश्यक पर्ने बताए । “गण्डकी प्रदेशको नीति तथा योजनामा प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने भनी समावेश गरिएको छ । अस्पताल बनाउनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारसँग नहुँदा दाताको सहयोग खोजिरहेका छौँ”, उनले भने, “भूकम्प, स्वास्थ्य, शिक्षा, र सीपमूलक कार्यमा सहयोग गर्दै आएको रोटरी क्लबको सहयोग हामीलाई चाहिएको छ ।”

मुख्यमन्त्री पण्डेले सबै काम सरकारले गर्छ भन्ने भावना त्यागी समाजसेवा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन निजी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयास आवश्यक पर्ने बताए । “सञ्चार र प्रविधिमा हामी धेरै अगाडि बढ्यौ तर विकास र समृद्धिमा त्यति प्रगति हुन सकेको छैन”, उनले भने, “हामी नकरात्मक सोच त्यागेर सकारात्मक सोच लिएर अगाडि बढौँ ।” युवा शक्तिलाई विदेश जान रोक्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

रोटरी क्लबका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ देवराज चालिसेले मुलुकमा अफ्ट्यारो परेको बेला क्लबले मानवीय सहयोग गर्दै आएको भन्दै गण्डकी प्रदेश सरकारसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले क्लबले शिक्षा, स्वास्थ्य, भूकम्प, बाढीपहिरामा परेको व्यक्तिको सहयोग गरिरहेको बताउँदै मुटुरोग अस्पताल निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने आश्वासन दिए । 

कार्यक्रममा विद्यार्थी पविता नेपालीलाई आर्थिक सहयोग गर्नाका साथै क्लबमा योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष तोयाबहादुर भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धन्यवादज्ञापन  उपाध्यक्ष  सईन्द्र श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस